पोखरा, २८ चैत । शुभ अवसर ग्राम नेपालले मानव बेचबिखन र साइवर अपराध सम्वन्धी अभिमुखिकरण गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगर र नेपाल रेडक्रस सोसाइटी उपशाखा १ वगरको सहयोगमा अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
अभिमुखिकरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ नायव निरीक्षक होतबहादुर रोकाहाले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरीक्षक शालिकराम तिमिल्सिनाले समाजमा हुने विकृति विसंगती न्यूनिकरण गर्न यस्ता कार्यक्रम फलदायी हुने बताउनुभयो ।
शुभ अवसर ग्राम नेपालकी परियोजना संयोजक हेमलता वोडुको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महनगरपालिका वडा नं। १ की वडा सदस्य शोभा गुरुङ, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरकी संस्थापक अध्यक्ष सीता गुरुङ, अध्यक्ष रामप्रसाद अधिकारी, नेपाल रेडक्रस सोसाइटी उपशाखा १ वगरकी सभापति जीवन अधिकारी वेद प्रसाद वस्तीले बोल्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
डागर स्मृति पुरस्कार युवा वैज्ञानिक मनिषालाई
स्थापना दिवसमा कर्मचारी युनियनद्वारा मानवसेवा आश्रममा सहयोग
‘कास्कीलाई विकासमा नमुना बनाऔ’
शिक्षाको गुणस्तर बढाउन वडामा अन्तरक्रिया
रुद्रबहादुर कार्की स्मृतिग्रन्थ विमोचन