पोखरा, १८ चैत । गण्डकी प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय पोखराको संयुक्त आयोजनामा अपराध अनुसन्धान कार्य सुधार गोष्ठी–२०७९ सम्पन्न भएको छ ।
प्रहरीले गर्ने अपराध अनुसन्धान लाई त्रुटि रहित बनाई अपराध अनुसन्धानमा देखिएका समस्या समाधानको उपायका विषयमा छलफल गर्ने उद्देश्यले कार्यक्रम गििरएको हो ।
कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय मातहत अपराध अनुसन्धान गर्ने सम्पुर्ण प्रहरी कार्यालयका अनुसन्धानकर्ताहरुको सहभगिता रहेको थियो ।
कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले यस्ता कार्यक्रमले दक्षताको बिकास गरी अनुसन्धानमा प्रभावकारीता बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
गोष्ठीमा अपराध अनुसन्धान प्रक्रिया अन्तर्गत पर्ने घटनाको प्रारम्भिक अनुसन्धान, हिरासत व्यवस्थापन, सबुद संकलन तथा परीक्षण, अनुसन्धानात्मक सोधपुछ, प्रतिवादी पहिचान–खोजी र पक्राउ, अनुसन्धान डायरी कार्यान्वयन, फैसला कार्यान्वयन, साक्षी परीक्षण, पक्राउ पुर्जी, म्याद तामेली, विशेष प्रकारका अपराधहरुको विश्लेषण, कार्ययोजना निर्माण र कार्यान्वयन, अपराध अनुसन्धान प्रतिवेदन तयारका क्रममा हुनसक्ने त्रुटिहरु र सुधारका विषयहरुमा छलफल गरिएको थियो ।
गोष्ठीमा नेपाल प्रहरी प्रदेश कार्यालय,पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदर्शनप्रसाद कोईरालाले गण्डकी प्रदेशको समग्र अपराधको तथ्याङक र अपराध अनुसन्धानमा देखिएका त्रुटिहरु बारे प्रस्तुती गर्नुभएको थियो ।
कार्यक्रम गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक खडक बहादुर खत्रीले सञ्चालन गर्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
मादी गाउँपालिकामा फागुन १ गते देखि हुने सोँथर बेँसी टारी बजार मेलाको तयारी पुरा, मेलामा गोरु जुधाइँ प्रतियोगिता
विश्व सिमसार दिवसको अवसरमा फेवा किनारमा संरक्षण फोटो प्रदर्शनी
एकतावद्ध भएमा बहुमत प्राप्त पार्टी बनाउन सकिन्छ – सभापति देउवा
विकृति विसंगति न्यूनिकरण गर्न सामुदायिक सेवा केन्द्रको विकल्प छैन– महानिरीक्षक कुँवर
प्रेस चौतारी पत्रकारिता पुरस्कार ईन्द्र पौडेललाई, गणेशमान गुरूङलाई सम्मान