पोखरा, १४ चैत । रुद्रनाथ बराल र अशोक श्रेष्ठको जोडी पोखरा महानगरपालिका वडा नम्बर ८ स्तरीय व्याडमिण्टन प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
वडा नम्बर ८ को आयोजना तथा युनिक व्याडमिण्टन क्लवको संयोजनमा सिर्जनाचोकस्थित बराल सामुदायिक भवनको हलमा मंगलबारदेखि शुरु प्रतियोगितामा भेट्रान्सतर्फको डबल्समा वडाध्यक्ष समेत रहेका बरालको जोडीले फाइनलमा स्थान बनाएको हो ।
बराल जोडीले पहिलो खेलमा श्रीराम घिमिरे र कर्मा लामालाई तथा दोश्रो खेलमा रामकृष्ण तिमिल्सिना र गंगाबहादुर सुवेदीको जोडीलाई पराजित गरेको थियो । अब यो जोडीले उपाधीका लागि सरोज श्रेष्ठ र सुनिल पौडेलको जोडीसंग बुधबार प्रतिस्पर्धा गर्नेछ ।
सरोज जोडीले पहिलो खेलमा रेशम गुरुङ्ग र जसबहादुर गुरुङ्गलाई तथा दोश्रो खेलमा रवीन धमला र फुर्वा छिरिङ गुरुङ्गको जोडीलाई पराजित गरेको थियो ।
त्यस्तै, ओपनतर्फ मंगलबार भएको खेलहरुमा सुरेश तामाङ्ग र नारायण रानामगरले नवीन गुरुङ्ग र अभिषेक थापाको जोडीलाई, अखिल कुमार शाही र रेशम थापाले थमन र जिवन गुरुङ्गको जोडीलाई पराजित गरे ।
अन्य खेलहरुमा विशाल अधिकारी र रामचन्द्र रामदामको जोडीले रामु मगर र जगत गुरुङ्गको जोडीलाई, देवन मगर र सूर्य थापाको जोडीले एकबहादुर र सूर्य बुढाथोकीलाई, श्याम थापा र दिल सुनारीले देवेन्द्र गुरुङ्ग र जुक्तमान गुरुङ्गलाई तथा चन्द्र गुरुङ्ग र नरबहादुर थापाले सूर्य पौडेल र योगेश श्रेष्ठलाई पराजित गरे ।
यसअघि वडाध्यक्ष रुद्रथान बरालले अफिसियललाई खेल समाग्री हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभयो । उहाँले वडावासीविच भाइचारा सम्बन्ध प्रगाढ पार्न तथा स्वास्थ्य समाज निर्माणका लागि वडाले यो प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो ।
कार्यक्रमका विशेष अतिथि वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले आगामी वर्षहरुबाट आफ्नों वडाले पनि खेलकुदका क्रियाकलाप शुरु गर्ने उल्लेख गर्नुभयो ।
वडा नम्बर ५ का पूर्ववडाध्यक्ष डिवी नेपालीले महानगरका हरेक वडाले आ–आफ्नों वडामा खेलकुद गतिविभि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
वडा सचिव सविता ढुङ्गानाले सञ्चानल गर्नुभएको कार्यक्रममा वडा सदस्य गोविन्द बरालले स्वागत गर्नुभयो । दुई दिने प्रतियोगितामा ४२ खेलाडिले भाग लिनुभएको छ ।
Related News
सम्बन्धित समाचार
कास्कीको सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता जारी
टाइगर कप भलिबलः फाइनल खेल आज हुने
हिसान गण्डकी फुटसल कास्की छनौटमा गुरुकुल विद्यासदन च्याम्पियन
लम्बियो टाइगर कपः बिहीबार महिलातर्फ एलिमिनेटर र पुरुषतर्फ लिग चरणका खेल हुने
टाइगर कप भलिबलः आज लिगका अन्तिम चरणका खेल हुने