पोखरामा निजामती अस्पताल ल्याउन पहल गरिने

राष्ट्र न्यूज सम्वाददाता
चैत्र १२, २०७९
336621780_665079872043897_4369340155288824860_n (1)

पोखरा १२, चैत । पूर्व कर्मचारी सेवा परिषद् नेपाल कास्की शाखाले निजामती अस्पतालको सुविधा पोखरामा ल्याउन विशेष पहल गर्ने भएको छ ।

पूर्व कर्मचारी सेवा परिषद् नेपाल कास्की शाखाकोे ८ औं वार्षिक साधारणसभाको अवसरमा परिषद्ले सो विषयमा पहल गर्ने जनाएको हो ।
परिषद्ले दिवा सेवालाई थप प्रभावकारी बनाउने, परिषदके वेवसाइड बनाउने, विभिन्न समितिलाई सक्रिय बनाउने लगायतका भावी योजना अघि सारेको परिषदका अध्यक्ष नरहरी बरालले बताउनुभयो ।

राजधानिमा प्राप्त हुदै आएको निजामती अस्पतालको सुविधा पोखरामा आवश्यक भएकोले त्यसको लागि सबैले सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थले पूर्व कर्मचारीहरुले समाजमा मार्ग दर्शकको रुपमा आफूले सिकेका ज्ञान तथा सिप युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्ने उल्लेख गर्नुभयो ।

परिषद्का अध्यक्ष बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश प्रमुखको कार्यालयका सचिव अणनाथ न्यौपाने, प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोद विन्दु शर्मा, पूर्व राष्ट्र सेवक संगठन राष्ट्रिय समन्वय परिषद्का लिलाधर पौडेल,कर्मचारी संगठन पर्वतका अध्यक्ष देवी प्रसाद तिमिल्सिना, विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयका माधव पराजुली, निवर्तमान अध्यक्ष कृष्णकान्त सिग्देल, प्रमुख सल्लाहकार कृष्ण प्रसाद भण्डारी, उपाध्यक्ष अनन्त लम्साल, सचिव सुर्य प्रसाद बराल, कोषाध्यक्ष रामप्रसाद भण्डारी लगायतले बोल्नुभएको थियो ।

परिषद्को उत्कृष्ट कार्य गर्ने नन्द प्रसाद बराल, गिरीधारी सुवेदी, वेद प्रसाद पौडेल, पूर्ण कुमारी श्रेष्ठलाई सम्मान गरिएको छ । रामबाबु ज्ञानु नेपालले स्थापना गरेको नानायण प्रसाद नरेन्द्र कुमारी स्मृति पुरस्कारबाट पृथ्वीनारायण क्याम्पस व्यवस्थापन संकायबाट सबै भन्दा बढी अंक ल्याउन सफल उषा थापालाई नगद १० हजार सहित सम्मान गरिएको थियो ।

खुल्ला प्रतिस्पर्धाबाट स्वास्थ्य सेवामा नवौं तहमा उर्तिर्ण हुने माधव बरालको छोरा पंकज बराललाई समेत सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै