पोखरा, ११ चैत । अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म (१४२.१९५ कि.मी.) को अन्नपूर्ण म्याराथन आउँदो जेठ महिनामा हुने भएको छ ।
अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसको सन्दर्भमा सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण म्याराथनलाई निरन्तरता दिन लागेको हो ।
समितिका अध्यक्ष ललित गुरुङले कोभिड १९ का कारण दुई वटा संस्करण स्थगित भए पनि समितिले यसपपटक अन्नपूर्ण म्याराथनलाई निरन्तरता दिन लागिएको जानकारी दिनुभयो ।
घान्द्रुक पर्यटन व्यवस्थापन समितिको संयोजनमा आयोजित छलफलमा स्थानीय पर्यटन व्यवसायीले म्याराथनलाई सफल पार्न एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अन्नपूर्ण आधार शिविरको पर्यटन पूर्वाधार निर्माण गरी पर्यटन प्रवद्र्वन गर्न विगतमा निरन्तर पर्यटन महोत्सव र अन्नपूर्ण म्याराथन हुँदै आएको थियो ।
प्रतिकूल परिस्थितिका कारण गतबर्षका कार्यक्रम स्थगित भए पनि यस पटक पूर्वनिर्धारित समय अनुसार नै कार्यक्रमलाई निरन्तरता दिइने समितिका सचिव मिकास गुरूङले बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
ह्विलचेयर बास्केटबल प्रतियोगितामा महानगर टीम प्रथम
लुम्बिनी विकास बैंक अरण्यज्योति कप हुने
‘खेलकुद र ध्यान’ विषयक कार्यशाला
नेपाल ट्रायथोलन सङ्घ प्रादेशिक संरचनामा, गण्डकीको अध्यक्षमा सुमन
वडाध्यक्ष बराल जोडी वडाध्यक्ष कप व्याडमिण्टनको फाइनलमा