पोखरा, ९ चैत । नयाँ बर्षका अवसरमा पोखराको लेकसाइडमा आयोजना हुने १८ औं फेवा नबवर्ष महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समितिले काम थालेको छ ।
यसका लागि समिति अन्तर्गत विभिन्न उपसमितिहरु गठन गरिएको आयोजक होटल संघ पोखरा नेपालले जनाएको छ ।
चैत २९, ३० र वैशाख १ गते पोखराको लेकसाइड स्थित अम्मटदेखि हल्लनचोकसम्मको सडकमा यो महोत्सव हुन लागेको छ । लेकसाइडका विभिन्न स्ट्रिट अन्तर्गत होटलहरु समेट्ने गरी एरिया संयोजक तोकेर काम अगाडि बढाइएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै सुवेदीले अहिले होटलहरुमा ८० देखि ९० प्रतिशत अकुपेन्सी हुनुपर्नेमा पर्यटकीय सिजनमा नै आएर १५ देखि २० प्रतशित मात्र अकुपेन्सी हुँदा होटललाई संचालन खर्च धान्न पनि मुश्किल परेको बताउनुभयो ।
कार्यक्रममा होटल संघ नेपालका केन्द्रिय सदस्य एवं संघका पूर्व अध्यक्ष भरतराज पराजुलीले पर्यटन प्रवद्र्धन र संस्कृतिको संरक्षण नै महोत्सवको मूल उद्धेश्य भएको बताउनुभयो ।
संघका सल्लाहकार विश्वशंकर पालिखेले महोत्सवमा नयाँपन दिन सके यसले सफलता प्राप्त गर्ने बताउँदै चिनिया संस्कृति सम्बन्धि कार्यक्रमलाई पनि महोत्सवमा समेट्न सुझाव दिनुभयो ।
अर्का सल्लाहकार गोविन्दराज पहारीले पर्यटन क्षेत्र संवेदनशिल उद्योग भएको बताउँदै यसलाई जोगाउन सकारात्मक पक्षहरुको उजागर गर्नुपर्ने उल्लेख गर्नुभयो ।
सल्लाहकार लक्ष्मीवहादुर भट्टराईले सुत्नेवेला बैंकले साँवा र ब्याजको ताकेता गर्दा व्यवसायी अफ्ठ्यारोमा परेको दुःखेसो पोखे ।
कोभिड १९ बाट थला परेको पर्यटनलाई पुनरुत्थान गर्दै पर्यटकीय गतिविधिमा चहलपहल बढाउन महोत्सव आयोजना गरिएको हो ।
महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था रहेको छ । अंग्रेजी नयाँ बर्ष जस्तै नेपाली नयाँ बर्षलाई पनि भव्यताका साथ मनाउँदै खाना, संस्कृति र संगीतको पक्षलाई महोत्सवले मुख्य जोड दिने छ । फेवा तालको संरक्षणमा समेत महोत्सवले सन्देश प्रवाह गर्ने संघको विश्वास छ ।
कार्यक्रममा संघका प्रथम उपाध्यक्ष एवं महोत्सवका उपसंयोजक दीपक श्रेष्ठ, महासचिव राजेन्द्र ढकाल र निवर्तमान अध्यक्ष विकल तुलाचनले पनि बोल्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
मादी गाउँपालिकामा फागुन १ गते देखि हुने सोँथर बेँसी टारी बजार मेलाको तयारी पुरा, मेलामा गोरु जुधाइँ प्रतियोगिता
विश्व सिमसार दिवसको अवसरमा फेवा किनारमा संरक्षण फोटो प्रदर्शनी
एकतावद्ध भएमा बहुमत प्राप्त पार्टी बनाउन सकिन्छ – सभापति देउवा
विकृति विसंगति न्यूनिकरण गर्न सामुदायिक सेवा केन्द्रको विकल्प छैन– महानिरीक्षक कुँवर
प्रेस चौतारी पत्रकारिता पुरस्कार ईन्द्र पौडेललाई, गणेशमान गुरूङलाई सम्मान