पोखरा, ३० फागुन । तेस्रो हेरिटेज अफ फेसन नेपाल पोखरामा सम्पन्न भएको छ ।
असाप इन्टरटेन्मेन्टले आयोजना गरेको फेसन सोमा नेपालका टप मोडलहरु ¥याम्पमा उत्रनु भएको थियो ।
पोखराको लेकसाइड स्थित हेरिटेज होटलमा भएको फेसन सो मा नेपालको फेसन डिजाइनिङमा ख्याती कमाएका डिजाइनरले तयार पारेका पहिरनमा मोडल ¥याम्पमा उत्रनु भएको हो ।
सो अवसरमा नेपालका विभिन्न जातजातिका पुख्रयौली पहिरनदेखि सांस्कृतिक सम्पदा झल्काउने पहिरन फेसनमा प्रदर्शन गरिएको थियो ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले फेसन सो कार्यक्रमको उदघाटन गर्दै नेपालको सांस्कृतिक प्रचारप्रसारमा कार्यक्रम मार्फत टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रममा सो स्टपरको रुपमा पोखराका व्यवसायी एवम चलचित्रकर्मी सन्तोष अधिकारी ¥याम्पमा आउनुभयो । उहाँले नेपालको संस्कृति झल्काउने पहिरन लगाउनुभयो । अधिकारी सँगै सुनीसा बजगाई, एण्जल श्रेष्ठ, स्वीन्जा सुमन, दिपा मगर सो स्टपरको रुपमा ¥याम्पमा उत्रनु भयो ।
फेसन सोमा डिजाइनहरु तिर्सना गुरुङ, रोबिन परियार, अमितेस कर्ण, मनिस बोगटी, आयुश ठकुरी, सजिना बिष्ट, ज्वाला राज पोखरेलको डिजाइन प्रस्तुत गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
कम्प्युटर र नेतृत्व विकास तालिम
लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारीद्धारा जस्तापाता हस्तान्तरण
नमूना टोलमा सडक बत्ति
डागर स्मृति पुरस्कार युवा वैज्ञानिक मनिषालाई
स्थापना दिवसमा कर्मचारी युनियनद्वारा मानवसेवा आश्रममा सहयोग