पोखरा, १६ फागुन । विद्यार्थी संगठनहरु चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि केन्द्रीत बनेका छन् ।
निर्वाचन हुने निश्चित भएसँगै र कार्यतालिका सार्वजनिक भएसँगै विद्यार्थी संगठन निर्वाचन केन्द्रीत बनेर आफ्ना गतिविधिहरु संचालन गर्ने गरेका छन् ।
विद्यार्थीलाई आफ्नो पक्षमा आकर्षित गर्नदेखि संगठन विस्तार गर्ने विशेष योजनासहित विद्यार्थी संगठनहरु अघि बढेका छन् ।
निर्वाचनका लागि उम्मेद्वार बन्न चाहनेहरुले दौडधुर तिव्र पारेका छन् । विद्यार्थी संगठन र पार्टी भित्र समेत लाविङ गरिरहेका छन् ।
निर्वाचनका लागि फागुन १९ गते विद्यार्थी सङ्घ÷सङ्गठन दर्ता गर्नुपर्ने छ । फागुन २१ गते मतदाता सूची प्रकाशन र फागुन २७ गते समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि समय दिइएको छ । मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म सम्वन्धित क्याम्पसमा हुने छ ।
त्रिभुवन विश्वविद्यालयका ६२ आङ्गिक क्याम्पस र एक हजार ४० सम्वन्धन क्याम्पसमा निर्वाचन हुँदैछ ।
निर्वाचनको मिति नजिकिए सँगै त्रिभुवन विश्वविद्यालयले क्याम्पसहरुमा निर्वाचन समिति गठन गरेको छ । क्याम्पस प्रमुख संरक्षण रहने गरी समिति गठन गरिएको हो ।
Related News
सम्बन्धित समाचार
कानुन व्यवसायी बाँस्तोला अभियनयमा
पोखरा १३ का विपन्न तथा मजदुरका लागि निशुल्क स्वास्थ्य बिमा कार्ड
पोखरामा रगत अभाव, सोमबार बिहान जिरो किमिमा रक्तदान कार्यक्रम
पर्यटन टिकाउन होटल संघद्वारा राष्ट्र बैंकको ध्यानाकर्षण
ईन्टर कलेज व्याण्ड कम्पिटिसनका दर्शकलाई एनटिसीको सिम निःशुल्क वितरण गरिने