अञ्जुली आवासीय विद्यालयको ३० औं वार्षिकोत्सव

राष्ट्र न्यूज सम्वाददाता
फागुन १३, २०७९
anjuli

पोखरा, १३ फागुन । अञ्जुली आवासीय माध्यामिक विद्यालयको ३० औं वार्षिकोत्सव, अभिभावक दिवस, पुरस्कार वितरण तथा विविध सास्कृतिक कार्यक्रम गरिएको छ ।

विद्यालयको वार्षिकोत्वसमा विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । यसरी सम्मान हुनेमा दीर्घसेवा सम्मानबाट शिक्षक गोविन्द पौडेल, राजन खत्री, कृष्णबहादुर मल्ल हुनुहुन्छ ।

त्यसैगरी शैक्षिक प्रशासन तर्फ विद्यालयकी प्रध्यानाध्यापक सुनिता कुँवर केसी, परीक्षा संयोजक खेमराज अधिकारी, अतिरिक्त क्रियाकलाप संयोजक लक्ष्मण पौडेल, विद्यालयका गतिविधि सञ्चालन तर्फ प्रेमनारायण ढकाल, नृत्य प्रशिक्षक रविन्द्र गुरुङ, लेखा शाखा पार्वती पुनलाई सम्मान गरिएको थियो ।

त्यस्तै विद्यालयको आवास कर्मचारी तर्फ शिव वस्याल, माया रोका र रविन्द्र अधिकारीलाई सम्मान गरिएको थियो । उहाँहरुलाई सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला शिक्षा तथा समन्वय इकाइ कास्कीका प्रमुख नारायण प्रसाद सुवेवीले शिक्षाको क्षेत्रमा विद्यलयले उत्कृष्टता हासिल गरेको बताउनुभयो ।

‘ यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीले विदेशमा गएर पनि छात्रवृत्तिमा नाम निकालेर पढेको अभिलेख पाईयो’ सुवेदीले भन्नुभयो,‘ त्यसैले यस विद्यालयको पढाई विश्वस्तरको छ भने प्रमााणित हुन्छ ।’ उहाँले आगामि दिनमा पनि विद्यालयको उत्कृष्टतालाई कायम राख्न विद्यालय प्रशाशन लाग्न सुझाव दिनुभयो।

पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ अधिकृत कृष्ण भण्डारीले विद्यालयको निरीक्षणकका क्रममा प्रि प्राइमरीका कक्षाहरुमा हुने पढाईले नै विद्यालयलाई उत्कृष्टतामा पु¥याएको बताउनुभयो ।
कार्यक्रममा एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले पढाइको अलावा अतिरिक्त क्रियाकलापमा पनि विद्यालयको सहभागिता उत्कृष्टता रहेको बताउनुभयो ।

कार्यक्रममा विद्यालयकी प्रध्यानाध्यापक सुनिता कुँवर केसीले विद्यालयको आर्थिक, भौतिक, शैक्षिक तथा वार्षिक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो ।

विद्यालयका संस्थापक निर्देशक राजु केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्याव्सन कास्कीका अध्यक्ष मथुराप्रसाद अधिकारी, युनिप्स नेपालका अध्यक्ष शान्तबहादुर गुरुङ, अभिभावक बैकुण्ठरमण पराजुली, भूपू विद्यार्थी डा.यज्ञराज अधिकारी, शिक्षक प्रेमनारायण ढकाल, लक्ष्मण पौडेल, विद्यार्थी कृतिका तिम्सिना, दृश्या पौडेललागयतले बोल्नुभएको थिए ।

२०५० साल पुस १५ गते स्थापना भएको विद्यालयमा हाल ५ सय ५० विद्यार्थी र ३६ जना कर्माचारी हुनुहुन्छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै