पोखरा, ४ फागुन । मौरी संरक्षण सचेतना अभियान जिल्ला समिति कास्कीको आयोजनामा हेमजामा प्रथम मौरी महोत्सव–२०८१ हुने भएको छ । पोखरा महानगर पालिकाको प्रवद्र्धन र वडा नं. २५ वडा कार्यालय हेमजाको समन्वयमा महोत्सव फागुन ७ गते देखि १३ गते सम्म हेमजाको सुइखेत रिभर भ्याली रिसोर्टमा गरिने भएता पनि औपचारिक उद्घाटन भने फागुन ११ गते गरिने आईतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
मौरीजन्य पदार्थ खाऔं, स्वास्थ वनौं, मौरीसँगै रमाऔं भन्ने नारका साथ आयोजना गर्न लागेको महोत्सवमा मौरीका वारेमा जानकारी, मौरी सहितको आधुनिक घारको विक्री, कृषजन्य उत्पादनको प्रदर्शनी, मह विक्री लगायत रहने छ । महोत्सव अवधिभर आधुनकि टुनी र उत्तिसको काठ वनेका मौरी सहितको घार सुफत मूल्यमा विक्रि वितरण गरिने आयोजकले जनाएको छ ।
महोत्सव अन्तर्गत फागुन ७ गते विन्ध्यावासिनी मन्दिर परिसरमा देव पुजन, मौरी संरक्षण सचेतना अभियान तथा सरसफाई, ८ गते हेमजाको राजमार्गको डिभाइडरमा सारिएका विरुवा गोडमेल तथा सरसफाई, ९ गते हेमजा रहेका परम्परागत मुढेघार तथा आधुनिक घारमा रहेका मौरी अध्ययन अवलोकन र प्रचार प्रसार, १० गते मिलनचोकमा आँखा दान शिविर र ११ गते औपचारिक रुपमा महोत्वसको उद्घाटन गरिने मौरी संरक्षण सचेतना अभियान कास्कीका अध्यक्ष रामचन्द्र सुवेदीले जानकारी दिए ।
त्यसैगरी फागुन १३ गते सम्म युवा सडक दौड, विद्यालय स्तरीय नृत्य प्रतियोगिता वाल भजन प्रतियोगिता, आम समूहको लोक गित प्रतियोगिता उत्कृष्ट मौरी कृषक पुरस्कार, हेमजाबाट उत्कृष्ट युवा र कास्कीबाट उत्कृष्ट युवालाई सम्मान गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक तथा समितिका उपाध्यक्ष माधव अधिकारीले जानकारी दिए ।
महोत्सवमा राखीएको युवा सडक दौड प्रतियोगिता तर्फ प्रथम हुनेले ५ हजार, द्धितीय हुनेले ३ हजार ५ सय र तृतीय हुनेले २ हजार सहित प्रमाण पत्र प्राप्त गर्ने छ । सडक दौडका लागि दर्ता शुल्क ५ सय राखिएको छ भने ४० वर्ष मुनिका युवाहरु मात्रै यस दौडमा सहभागिता जनाउन पाउने प्रावधान आयोजकले राखेको छ ।
यस्तै विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम, द्धितीय र तृतीय हुनेले क्रमश ५ हजार ३ हजार ५ सय र २ हजार सहित प्रमाण पत्र प्राप्त गर्नेछन् ।
वाल भजन प्रतियोगिता तर्फ प्रमथ, द्धितीय र तृतीय हुनेले १० हजार, ७ हजार ५ सय र ५ हजार सहित प्रमाण पत्र पाउने छन् । प्रतियोगितामा १८ वर्ष मुनिका मात्रै सहभागिता जनाउँन पाउनेछन् ।
यसैगरी आम समूह लोक गित प्रतियोगिता तर्फ प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमश १० हजार, ७ हजार ५ सय र ५ हजार सहित प्रमाण पत्र प्राप्त गर्नेछन् । यी सवै प्रतियोगितामा दर्ता शुल्क ५ सय रुपैया राखिएको मौरी संरक्षण सचेतना अभियान जिल्ला समिति कास्कीका सचिव कपिलराज दाहाले जानकारी दिए ।
महोत्सवमा मौरी सम्बन्धि गतिविधिका आधारमा उत्कृष्ट मौरी कृषक चयन गरी प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमश १५ हजार, १० हजार र ५ हजारले पुरस्कृत गर्ने कार्यक्रम रहेको पोखरा– २५ का वडा सदस्य सुभाष भण्डारीले जानकारी दिए । पोखरा महानगर पालिका वडा नं. २५ का वडा अध्यक्ष तथा महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाले महोत्सवलाई सवैले सहयोग गरि सफल बनाउनु पर्ने बताए ।
‘वडा कार्यालय पनि अघिल्लो वर्ष देखि एक घर एक मौरीघारको अवधारका साथ मौरीघार वितरण गरेको थियो’ अध्यक्ष तिम्सिनाले भने,‘वडाले गरेको यो अभियानमा महोत्सव पनि कोषेढुड्डा सावित हुने हामीले विश्वास लिएका छौ ।’ तिम्सिनाका अनुसार गत वर्ष ५० प्रतिशतको साझेदारीमा ५५ वटा मौरीघार वितरण गरिएको थियो ।
महोत्सवमा विविध साँस्कृतिक कार्यक्रम समेत राखिएको छ । मौरी संरक्षण सचेतना अभियान जिल्ला समिति कास्कीका अध्यक्ष रामचन्द्र सुवेदीका अनुसार फागुन १३ गते लाई मौरी दिवसको रुपमा घोषण गर्न नेपाल सरकार समक्ष माग गरिएको छ । सुवेदीले नेपाल सरकारका प्रवक्ता सुचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटी समितिको तर्फबाट संस्थाको स्थापना दिवस फागुन १३ गतेलाई मौरी दिवस मनाउन माग गर्दै ध्यानकर्षण पत्र वुझाएको बताए ।
Related News
सम्बन्धित समाचार
पोखरा–२५ वडा कार्यालय हेमजाले फागुन ९ गते बाल नृत्य प्रतियोगिता गर्ने
माछापुच्छ्रे गाउँपालिका सिधिङमा गायिका समिक्षालाई सम्मान
राजस्थानी नृत्यमा झुमे पोखरेली
‘गण्डकीका धुनहरू’ कार्यक्रमको तयारी पुरा, ४० कलाकारले प्रस्तुति राख्ने
विजयको दायाँ पनि छौ बायाँ पनि छौ गीत सार्वजनिक