पोखरा, २० माघ ।आयोजक पोखरा महानगरपालिकाको टिम प्रथम पुरुष तथा महिला ह्विलचेयर बास्केटबल प्रतियोगिताको विजेता बनेको छ ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिले शुक्रबार पोखरा रंगशालाको बास्केटबल कोर्टमा आयोजना गरेको प्रतियोगितामा आयोजक नै विजेता भएको हो ।
हरियोखर्क अस्पतालको टिम द्वितीय र महिला–पुरुष सहभागी मिक्स टिम तृतीय भए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २५ हजार, १५ हजार र सात हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए । प्रतियोगितामा चार टिम सहभागी थिए । अपांगता खेलकुद समाज, कास्कीको टिमले सान्त्वना पुरस्कार स्वरुप ३ हजार ५ सय रुपैयाँ र प्रमाणपत्र पाएको छ ।
पोखरा महानगरपालिकाको टिमका भरत बानियाँले सर्वाधिक ८ स्कोर गर्दै सर्वाधिक स्कोररको ट्रफी र प्रमाणपत्र पाउनुभयो । हरियोखर्क अस्पतालका सुरेश गौली म्यान अफ द म्याच घोषित भएर ट्रफी र प्रमाणपत्र पाउनुभयो ।
कार्यक्रममा बोल्दै प्रदेश खेलकुद परिषद् उपाध्यक्ष ध्वजकुमार गुरुङले अपाङ्गता भएकाहरुलाई प्रोत्साहन गर्न आयोजित प्रतियोगिताले सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो।
खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले ह्विलचेयर बास्केटबल प्रतियोगिताले अपाङ्गता भएकाले पनि खेल्न सक्छन् भनेर राम्रो सन्देश दिएको उल्लेख गर्नुभयो ।
Related News
सम्बन्धित समाचार
अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम
सातौं पोखरा स्पोर्ट्स अवार्ड बैशाख २२ मा
टाइगर कप भलिबल ः कसले जित्ला उपाधी ?
टाइगर कप भलिबल ः विभागिय टोलीहरुको बर्चश्व
शिक्षकलाई खेलकुदको तालिम दिन क्लबसँग गण्डकी विश्वविद्यालयको सम्झौता