टाइगर कप भलिबल ः विभागिय टोलीहरुको बर्चश्व

राष्ट्र न्यूज सम्वाददाता
माघ १०, २०७९
Tiger

पोखरा, १० माघ । ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ को तेश्रो दिन विभागिय टोलीको बर्चश्व जारी रहेको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा खेलको तेश्रो दिन मंगलबार सम्पन्न खेलहरुमा विभागिय टोलीहरुको बर्चश्व जारी रहेको छ । तेश्रो दिन जारी खेलमा महिलातर्फको दुवै खेलमा विभागिय टोलीको बर्चश्व रह्यो । एपिएफले होङवान्जी न्यूडायमण्डलाई ३–० को सोझो सेटमा पराजित गर्दा दोश्रो खेलमा घरेलु टोली गण्डकी त्रिभुवन आर्मी संग सोझो ३–० ले पराजित हुन पुग्यो ।

पहिलो खेलमा एपिएफले न्यू डायमण्ड विरुद्ध २५–१५, २५–२० र २५–७ ले जित्यो । उक्त खेलमा एपिएफकी प्लेयर अफ दि म्याच एपिएफकी सरस्वती चौधरी घोषित हुँदा वेष्ट स्पाइकरमा निरुता ठगुन्ना घोषित हुनुभयो ।

दोश्रो खेलमा नेपाल आर्मीले गण्डकीलाई २५–१०, २५–१६ र २५–१६ ले पाखा लगायो । उक्त खेलमा आर्मीकी सोफिया पुन प्लेयर अफ दि म्याच हुँदा वेष्ट स्पाइकरमा सुनिता खड्का हुनुभयो ।

महिलातर्फ नेपाल आर्मीको त्रिभुवन क्लव र एपिएफ क्लवले २–२ खेलबाट समान ६–६ अंङक बटुलेको छ भने न्यू डायमण्ड र गण्डकीले कुनै खेल जित्न सकेका छैनन् ।

यता आज नै पुरुष तर्फको खेलमा नेपाल पुलिसले सेन्ट जोशेफ वाज स्पोर्टस क्लब श्रीलंकालाई ३–२ को सेटमा पराजित गरेको छ । खेलमा नेपाल पुलिसले पहिलो दुई सेट श्रीलंकालाई सुम्पिए पनि पछिल्ला तिनसेटमा खेलमा फकिंदै महत्वपूर्ण ३ अंक बटुलेको छ । पहिलो र दोश्रो सेट १९–२५ र २३–२५ ले श्रींलकाको पाहुना टोलीलाई सुम्पिएको पुलिसले पछिल्ला तिन २५–२३, २५–१९ र २५–१३ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

त्यस्तै अर्को एक खेलमा आयोजक गण्डकी शसस्त्र प्रहरी संग हार व्यहोरेको छ । खेलमा पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको एपिएफले २५–२३ ले दोश्रो सेट जित्दै गण्डकीलाई दबावमा राखे पनि तेश्रो सेट २५–२० ले गण्डकीले आफ्नो पक्षमा पारेको थियो । त्यस्तै चौथो सेटमा २५–१९ ले एपिएफले खेल जित्यो । खेलमा एपिएफका विजय थापा प्लेयर अफ दि म्याच र वेष्ट स्पाइकर टेकराज अवस्थी घोषित हुनुभयो ।

प्रतियोगितामा महिलालतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लव, गण्डकी प्रदेश, शसस्त्र प्रहरीवलको एपिएफ क्लव, र होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लब रहेका छन् ।

यसै गरी पुरुषतर्फ नेपाल आर्मीको त्रिभुवन आर्मी, सेन्ट जोशेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीवलको एपिएफ क्लव, गण्डकी प्रदेशको टिमको सहभागिता रहने छ ।

गत वर्ष सम्पन्न दोश्रो संस्करणमा महिलातर्फ एपिएफ क्लबले उपाधि हात पारेको थियो भने पुरुषतर्फ गत सस्करणको उपाधि विजेता नेपाल आर्मी रहेको थियो ।

आयोजकले गत वर्षको तुलनामा पुरस्कार राशी दोब्बर बनाएकोे छ । महिला–पुरुष दुवैतर्फ उपाधी विजेता टिमहरुलाई रु ५–५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद रु १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा हरेक दिनको खेलमा उत्कृष्ट खेलाडीलाई नगद ५ हजार र ३ हजार बराबरको स्वास्थ्य परिक्षण कुपन भौचर प्राप्त गर्ने छन् ।

त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही समान नगद रु २५–२५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई नगद समान नगद १०–१० हजार र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब ८० लाख रुपैया खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिता सफल बनाउन आयोजक संस्था टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माको नेतृत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति र उपाध्यक्ष देवेन्द्र केसीको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives