पोखरामा यतीको जहाज दुर्घटना, ६८ जनाको मृत्यु, चार बेपत्ता

राष्ट्र न्यूज सम्वाददाता
माघ १, २०७९
Accident 1

पोखरा, १ माघ । पोखरामा आज यती एयरलाइन्सको जहाज दुर्घटना हुँदा ६८ जनाको मृत्यु भएको छ ।

दुर्घंटनामा परी चार जना बेपत्ता भएका छन् । अज्ञात अवस्थामा रहेका उनीहरुको खोजी कार्य अझै जारी रहेको छ ।

काठमाण्डौबाट पोखरा आएको यती ९एन एएनसी एटीआर ७२ जहाज दुर्घटना भएको हो । पोखराको नयाँ गाउँस्थित सेती नदी खोँचमा दुर्घटना भएको हो ।

जहाजमा ६८ जना यात्रु र चार जना चालक दलका सदस्य थिए । जहाजमा ५३ जना नेपाली सवार थिए । जहाजमा पाँच जना भारतीय, चार जना रशियन, एक जना आयरल्याण्ड, एक जना अर्जेन्टिनी, एक जना अष्टेलियन, दुई जना कोरियन र एक जना फान्सेली यात्रु थिए ।

६८ मध्य महिला २५ जना, पुरुष ३७ जना, बालक तीन जना र शिशु तीन जना थिए । यो समाचार तयार पार्दासम्म पोखराका पत्रकार त्रिभुवन पौडेलसहित ६८ जनाको मृत्यु भएको पुष्टि गरेको छ । उद्वार कार्य अझै जारी छ ।

बिहान १०ः३२ बजे पोखराका लागि जहाज उडेको हो । पोखरा विमानस्थलको टावरसँग अन्तिम पटक १०ः५० बजे सेती खोँच भन्ने स्थानबाट सम्पर्कमा आएको सो जहाज त्यस लगत्तै दुर्घटनामा परेको थियो ।

दुर्घटना लगत्तै उद्वार कार्य शुरु गरिएको थियो । स्थानीय, प्रहरी, नेपाली सेना उद्वारमा खटिएका थिए भने हेलिकप्टर परिचालन गरिएको थियो ।
उद्वारपछि मृतकको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ । शनाखत भएका शव भोली परिवारको जिम्मा लगाइने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । विदेशी यात्रुको शव भने काठमाण्डौ लगेर परिवारको जिम्मा लगाइने भएको छ ।

यसैबीच, आइतबार बसेको मन्त्रिपरिषद् बैंठकले माघ २ गते शोक बिदा दिने निर्णय गर्दै राष्ट्रिय झण्डा आधा झुुकाउने निर्णय गरेको छ । गृह मन्त्रालयले प्रकाशित गरेको सूचनामा घटनाप्रति दुःख व्यक्त गरिएको छ ।

यता नेपाली काँग्रेस कास्कीले आइतबार नै विज्ञप्ति प्रकाशित गरी दुर्घटनाको निष्पक्ष छानविन गर्न माग गरेको छ ।

कास्की काँग्रेसका सभापति किशोरदत्त बरालले विज्ञप्ति प्रकाशित गरी घटनाप्रति दुःख व्यक्त गर्दै यात्रुका परिवारलाई उचित क्षतिपूर्ति दिन माग गर्नुभएको छ ।

विज्ञप्तिमा शोकाकुल परिवार र आफन्तजनमा समवेदना व्यक्त गर्दै दिवंगतप्रति श्रद्वाञ्जली व्यक्त गरिएको छ ।

                                                                                                                                    तस्विर सौजन्य ः गणेश श्रेष्ठ÷पत्रकार, पोखरा 

जहाजमा सवार नेपाली यात्रु

किसान आचार्य
निशान्त आचार्य
शालिगराम आचार्य
सडकात अलिमिया
पूर्ण बहादुर गुरुङ
जितेन्द्र बहादुर कुँवर
एलिना बन्ड्रो
अनिशा बानियाँ
स्लक भट्ट
निरा छन्त्याल
आशिमा गुरुङ
अनुशा गुरुङ
बेलमान गुरुङ
विजयकुमार गुरुङ
जीवनकला गुरुङ
माया गुरुङ
लक्कि गुरुङ
शिवकुमार गुरुङ
सिता गुरुङ
यमुना गुरुङ
यास्मिन गुरुङ
रविन हमाल
सन्जय जैसवाल
सोनु जैसवाल
रचना काफ्ले
सीता कुमारी खड्का
अनिल कुमार राजभार
भगवती कुँवर
अविशेक कुश्वाह
ओम माया गुरुङ
सुस्मा पाण्डे
हरि परियार
लक्ष्मी परियार
रिता परियार
अरुण पौडेल
लक्ष्मी पौडेल
प्रसिद्धि पौडेल
त्रिभुवन पौडेल
पोजन राना
सविना रायमाझी
राजन सापकोटा
अनिल शाही
संगिता शाही
जमुना शर्मा
विशाल शर्मा
युवराज शर्मा
मोहन श्रेष्ठ
डा. शोना दिवाकर
बन्दना सुनार
राजुसिंह ठकुरी
चुर्ण थापा
गणेश थापा
लवराज तिमिल्सिना

विदेशी यात्रु

मेरोल लभ
आयूरी ल्यागीन
भिक्टर ल्यागीन
जेनितसन्डरा पालाभेकिनो
भिक्टोरिया अतुनिना
इलिना बण्डुरो
रुअनकालुम क्रिघ्टोन
एलेक्जेण्डर आइरिडोरे

शिशुहरुः

कृष परियार
प्रसिद्धी पौडेल
आयुर्दि शर्मा
बेबी शर्मा
अन्य दुईजना शिशुहरुको नाम खुलेको छैन।

Related News

सम्बन्धित समाचार

Archives

Archives