पोखरा विश्वविद्यालयका गतिविधिप्रति कास्की काँग्रेसको ध्यानाकर्षण

राष्ट्र न्यूज सम्वाददाता
पौष २९, २०७९
kaski congress

पोखरा, २९ पुस । नेपाली काँग्रेस कास्कीले पोखरा विश्वविद्यालयमा पछिल्लो समय विश्वविद्यालय प्रशासन र विद्यार्थी बीच भैरहेका गतिविधिप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

विद्यार्थीका जायज माग पूरा गरी विद्यार्थीलाई उत्साहित बनाउँदै शैक्षिक वातावरण निर्माण गर्नुपर्ने अवस्था सबैपक्षबाट महसुस भएकाले विश्वविद्यालय प्रशासन गम्भिर बन्नुपर्नेतर्फ ध्यानाकर्षण गराइएको छ ।

कास्की काँग्रेसका सभापति किशोरदत्त बरालद्वारा हस्ताक्षरित शुक्रबार प्रकाशित विज्ञप्तिमा विद्यार्थी संगठनहरु विद्यार्थीका हक, हितका लागि विश्वविद्यालयका विसंगति, बेथिति, शुल्क बृद्वि र शैक्षिक सुधारका लागि अग्रसर बन्नु र माग राख्नु स्वभाविक विषय भएको उल्लेख छ ।

विश्वविद्यालय प्रशासन र विद्यार्थीको सामूहिक प्रयासबाट मात्रै विश्वविद्यालयको विकास र शैक्षिक गुणस्तर सम्भव हुने भएकाले दुवै पक्ष गम्भिर बनेर एकअर्कालाई सम्मान गर्दै अघि बढ्न समेत विज्ञप्तिमा अनुरोध गरिएको छ ।

विज्ञप्तिमा विभिन्न मागसहित आन्दोलनरत विद्यार्थीलाई वार्तामा बोलाएर समस्या समाधानका लागि अग्रसर बन्न विश्वविद्यालय प्रशासनलाई अनुरोध गरिएको छ ।

‘समस्या समाधानका लागि वार्ता र छलफल भन्दा अर्काे राम्रो विकल्प केही छैन विज्ञप्तिमा भनिएको छ, विद्यार्थीलाई विश्वासमा लिएर समयमा नै संयमित भइ सहमती, सहकार्य र एकताबाट समस्या समाधान गर्न विश्वविद्यालयको ध्यानाकर्षण गराउँछौं ।’

Related News

सम्बन्धित समाचार

Archives

Archives