पोखरा, २४ पुस । वैदेशिक रोजगार मञ्च लाहाचोकको आयोजना र माछापूच्छे« त्रिशक्ति युनाइटेड क्लबको समन्वयमा लाहाचोकका आमाहरूलाई सम्मान गरिएको छ ।
विभिन्न समयमा विभिन्न माध्यमबाट सामाजिक क्षेत्रमा योगदान दिनुभएका १८ जना आमाहरूलाई दोसल्ला, सम्मानपत्र, नगद र बाजागाजासहित सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ लोकदोहोरी गायिका हरिदेवी कोइराला, गाउँपालिका उपाध्यक्ष सीता अधिकारी, पूर्व उपाध्यक्ष कृष्णकुमारी दवाडी, वडाध्यक्ष मधुसुदन अधिकारी, पूर्व वडाध्यक्ष पूर्ण बहादुर शाहीलगायतले सम्मान अर्पण गर्नुभएको थियो ।
प्रमुख अतिथि कोइरालाले लाहाचोकका आमा र दिदीबहिनीहरूलाई एकै ठाउँमा सम्मानित गर्न पाउँदा आफूलाई एउटा यज्ञको अनुभूति भएको बताउनुभयो ।
कार्यक्रममा स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष असफल गौतम, नेपाली काँग्रेस वडा सभापति रामचन्द्र अधिकारी, नेकपा एमालेका वडाध्यक्ष टेकबहादुर श्रेष्ठ, महेन्द्र माविका प्रधानाध्यापक जगन्नाथ अधिकारी, राष्ट्रिय युवा संघ कास्कीका अध्यक्ष पानबहादुर जिसी, कास्की आदर्श समाज अन्तर्राष्ट्रिय परिषद्का नेपाल संयोजक विश्वबन्धु थापा, समाजसेवी भगवान शाही, राजेश परियारलगायतले बोल्नु भएको थियो ।
सम्मानित आमाहरूमध्येबाट बोल्दै हरिप्रभा पौडेलले विदेशमा रहेका छोराछोरीहरूले कहिले लाहाचोकका आमाहरूलाई, कहिले बाबा र कहिले विशिष्ट प्रतिभाहरूलाई सम्मान गरेर आमाबुबाहरूमा थप जागर बढाउन सफल भएको उल्लेख गर्नुभयो ।
समारोहमा समाजसेवी ज्योति शाही, लाहाचोकमा संगठित रहेका सम्पूर्ण आमा समूहलाई पनि सम्मान गरिएको थियो । मञ्चका सहकोषाध्यक्ष सुशील श्रेष्ठले मञ्चले हालसम्म ३५ लाख बढी रकम संकलन गरी विभिन्न समस्यामा परेका लाहाचोकवासी दाजुभाइ, दिदीबहिनी र आमाबुबालाई सहयोग हस्तान्तरण गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा क्यान्सर पीडित सञ्जय विकको उपचारका लागि मञ्चद्वारा संकलित एक लाख ४२ हजार र स्थानीय आमा समूह तथा समाजसेवीबाट गरी दुई लाख ५० हजार रकम पीडितका बुबालाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रम मञ्चका अध्यक्ष राजु क्षत्री अपुरोको संयोजकत्वमा क्लबका अध्यक्ष बासुदेव ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Related News
सम्बन्धित समाचार
नेकपा एमाले पोखरा १९ मा कोमल
लेखनाथ महोत्सवमा २ लाख ४५ हजार दर्शकले अवलोकन ८ करोडको करोवार
प्रेस चौतारी कास्कीको नवौं अधिवेशन माघ २२ गते
होली माउण्टले विविध कार्यक्रम गरी रजत जयन्ती मनाउदै
RTP Live Slots Gacor: Apa Itu dan Mengapa Penting Buat Slotter?