जिसस राष्ट्रिय परिषद् बैंठक पोखरामा हुने

राष्ट्र न्यूज सम्वाददाता
पौष १८, २०७९

पोखरा, १८ पुस। जिल्ला समन्वय समिति महासंघ नेपालको पूर्व निर्धारित चौथो राष्ट्रिय परिषद् बैठक पोखरामा हुनेभएको छ ।

पुस २२ र २३ गते हुने राष्ट्रिय परिषद् बैठकको राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उद्घाटन गर्ने महासंघका अध्यक्ष नवराज गेलालले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति महासंघको आयोजना र जिल्ला समन्वय समिति कास्कीको व्यवस्थापनमा बैठक हुन लागेको हो ।

बैठकमा ७७ जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, उप प्रमुख, एक महिला सदस्य गरी २ सय ३१ प्रतिनिधिसहित करिब ३०० जनाको सहभागिता रहने व्यवस्थापन संयोजक एवं जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives