काँग्रेस गण्डकीको संसदीय दलको नेतामा पाण्डे

राष्ट्र न्यूज सम्वाददाता
पौष १३, २०७९
Surendra

पोखरा, १३ पुस। नेपाली काँग्रेस गण्डकी प्रदेशसभा संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित हुनुभएको छ।

दलको नेता चयनका लागि आज भएको निर्वाचनमा १८ मत प्राप्त गरी उहाँ निर्वाचित हुनुभएको हो । उहाँले भोजराज अर्याललाई हराउँदै दलको नेतामा निर्वाचित हुनुभएको हो ।

अर्यालले ८ मत पाउँनु भएको थियो। नेता चयनका लागि काँग्रेसका २७ जना प्रदेशसभा सदस्यले मतदान गर्नुभएकोमा एक मत बदर भएको थियो।

Related News

सम्बन्धित समाचार

Archives

Archives