विद्यालय व्यवस्थापन समितिको उत्कृष्ट अध्यक्षका रुपमा पौडेल सम्मानित

रासस
पौष २, २०७९
Meghnath poudel

पोखरा, २ पुस । पोखरा महानगरपालिका वडा नं ३२ निवासी समाजसेवी, शिक्षासेवी मेघराज पौडेल विद्यालय व्यवस्थापन समितिको उत्कृष्ट अध्यक्षका रुपमा सम्मानित हुनुभएको छ ।

कास्की जिल्लाभरबाट उहाँ उत्कृष्ट हुँदै सम्मानित हुनुभएको हो । उहाँ पोखरा ३२ स्थित गोगन माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्छ ।

माध्यमिक विद्यालय शैक्षिक कल्याणकारी कोषको ११ औ वार्षिक साधारण सभाको अवसरमा उहाँलाई सम्मान गरिएको हो ।

शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक अम्बिका प्रसाद आचार्य लगायतले उहाँलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

पौडेल विगत २० वर्षदेखि शिक्ष क्षेत्रमा क्रियाशील रहदै आउनु भएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives