जाजरकोटमा जीप दुर्घटना हुँदा नौ जनाको मृत्यु

रासस
मंसिर २६, २०७९
accident-600×0-11072017101555-1000×0-19112017013237-600×0

–हेमन्त केसी

जाजरकोट, २६ मङ्सिर(रासस) जाजरकोटमा आज जीप दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ ।

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नं ३ जेवाबाट वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटी सडकबाट खस्दा नौ जनाको मृत्यु भएको स्थानीय रेशम खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो दुर्घटनामा परी तीन जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गमा भएको दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives