स्रोत नखुलेको रु १३ लाख ८९ हजार नगदसहित भारतीय नागरिक पक्राउ

रासस
मंसिर ११, २०७९
arrest-generic_650x400_71463458726

काठमाडौँ, १० मङ्सिर (रासस) :नेपाल प्रहरीले स्रोत नखुलेको रु १३ लाख ८९ हजार नगदसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा खटिएको प्रहरीको टोलीले आज बुध्द एयरको विमानबाट काठमाडौँदेखि विराटनगर जान लागेका भारतीय नागरिक अकवाल अलीलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो ।

पक्राउ परेका अलीसँग रु एक हजार दरका चार सय ८४ थान र रु पाँच सय दरका एक हजार आठ सय १० थान गरी जम्मा १३ लाख ८९ हजार रकम बरामद गरेको छ ।

अलीसँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives