जित्नेमा ढुक्क छु – किशोर

राष्ट्र न्यूज सम्वाददाता
मंसिर १, २०७९
photo 29

पोखरा, १ मंसिर । कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले आफू निर्वाचन जित्नेमा ढुक्क भएको बताउनु भएको छ ।

‘गठबन्धनको लहर बढेको छ, मतदाताले मलाई र मेरो वीचारलाई मन पराएको पाएँ उहाँले भन्नुभयो – त्यसैले निर्वाचन जित्नेमा म ढुक्क छु ।’
निर्वाचन क्षेत्रका मतदाताले उत्साह थपिदिएको र विजय गराउने आश्वासन पाएको उहाँको भनाइ छ ।

उहाँले मतदाताले आफूमाथि विश्वास, सद्भाव र भरोसा गरेको भन्दै मतदातालाई निराश पार्ने काम कहिल्यै नगर्ने बताउनुभयो । देश र जनताको समृद्वि आफ्नो लक्ष्य भएको बताउँदै आउनु भएका उम्मेद्बार बरालले समाजको पहिलो प्राथमिकता नै आफ्नो पहिलो योजना हुने उल्लेख गर्नुभएको छ ।

उहाँले आमनेपालीको आवश्यकतालाई संसदमा उठाउने भन्दै आफ्नो आवाजले सबैलाई न्याय गर्ने बताउनुभयो । उहाँले समय अभावका कारण सबै मतदाताको घरघरमा पुग्न नसकेको क्षमा माग्दै मतदाताको घरमा नपुगे पनि मतदाताको भावना, चाहाना र आवश्यकतालाई नजिकबाट बुझेको बताउनुभयो ।

कास्की काँग्रेसका सभापति एवं पाँच दलीय गठबन्धनका साझा उम्मेद्बार बरालले ओलीको व्यत्तिगत स्वार्थ र अहंकारबाट देशलाई जोगाउन र संविधानको रक्षा गर्न गठबन्धन गर्नु परेको प्रष्ट पार्नुभयो ।

उहाँले विद्यालय र विश्वविद्यालयको शिक्षामा आमूल परिवर्तन गरी सीपमूलक र उद्यमशीलतासँग जोड्नुपर्ने बताउनुभयो ।
उहाँले कृषि, शिक्षा र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने उल्लेख गर्नु भएको छ ।

उहाँले राजनीतिलाई समाज सेवाका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । गठबन्धनको पक्षमा जनलहर देखिएको भन्दै उहाँले कुनै शक्तिले गठबन्धनलाई हल्लाउन नसक्ने जिकिर गर्नुभयो ।

उहाँ पाँच सुत्रीय अभियानका साथ चुनावी मैदानमा हुनुहुन्छ ।

उहाँले मेरो इरादा, संसद र सांसदको मर्यादा, राजनीतिमा शुद्वता, मेरो प्रतिवद्वता, समृद्विको निकास, गुणस्तरीय र योजनाबद्व विकासलाई आफ्नो सुत्र भन्नुभएको छ ।

त्यस्तै, देशको समृद्वि, र शान्ति, बाटो हो कृषि पर्यटनमा क्रान्ति तथा टाउको(ज्ञान), हृदय(प्रेम र शान्ति) र हात (उद्यमशीलता र सीप) सहितको शिक्षा, विकास सुधार गर्ने मेरो महान सदीक्षालाई आफ्नो सुत्रका रुपमा अघि सार्दै निर्वाचनमा होमिनु भएको हो । ती सुत्रका आधारमा कास्की जिल्लालाई राजनीति, विकास र शिक्षाका दृष्टिकोणले चिनाउने उहाँको संकल्प छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives