‘सुत्नेबेला नगरौं भुल पनि, सबले घरमा लगाऔं है झुल पनि’
अर्घाखाँचीमा डेङ्गु सङ्क्रमण तीव्ररुपमा फैलिन थालेपछि सचेतना अभियान थालिएको छ ।
सदरमुकाम सन्धिखर्क तथा आसपासका क्षेत्रमा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण दर बढ्दै गएपछि सचेतना अभियान थालिएको हो ।
जिल्ला सुरक्षा समितिको आयोजनामा डेङ्गुुको रोकथाम तथा नियन्त्रणका लागि सरोकारवालासँग अन्तक्र्रिया गरिनाका साथै जिल्ला प्रहरी कार्यालयले विभिन्न सचेतनामूलक गीत सङ्गीत प्रस्तुत गरेको थियो ।
ट्राफिक प्रहरीका रणपाल सेनले ‘सुत्नेबेला नगरौँ भुल पनि, सबले घरमा लगाऔँ है झुल पनि’ बोलको गीत प्रस्तुत गरेको थियो ।
सन्धिखर्क नगरपालिकाका जनस्वास्थ्य निरीक्षक धर्मराज पन्थीले डेङ्गुु सर्ने कारण, त्यसको लक्षण तथा रोकथामका उपायका बारेमा जानकारी गराएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले चाडबाड नजिकिएसँगै डेङ्गुको सङ्क्रमणको जोखिम झन बढ्ने भएकाले यसको रोकथामका लागि सबै सचेत हुनुपर्ने बताउनुभयो ।
सङ्क्रमण फैलिएका जोखिमपूर्ण क्षेत्र पहिचान गरी आवश्यकताअनुसार सङ्क्रमण नियन्त्रण अभियान सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले उल्लेख गर्र्नुभयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, शितगङ्गा नगरपालिकाका प्रमुख छविलाल पौडेल, भूमिकास्थान नगरपालिकाका उपप्रमुख बालकृष्ण बञ्जाडे, प्रहरी प्रमुख डिएसपी मुकुन्द रिजाल, विभिन्न कार्यालयका प्रमुख, सरोकारवाला तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो ।
Related News
सम्बन्धित समाचार
कम्प्युटर र नेतृत्व विकास तालिम
लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारीद्धारा जस्तापाता हस्तान्तरण
नमूना टोलमा सडक बत्ति
डागर स्मृति पुरस्कार युवा वैज्ञानिक मनिषालाई
स्थापना दिवसमा कर्मचारी युनियनद्वारा मानवसेवा आश्रममा सहयोग