गुड्दागुड्दै बसमा आगलागी

राष्ट्र न्यूज सम्वाददाता
असाेज १५, २०७९
Aagalagibata Chhetigrasta Bus {Khotang}

खोटाङ, १५ असोज ः खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगोलागी भएपछि क्षतिग्रस्त बसलाई सडकबाट हटाउने प्रयास गर्दै यात्रु । काठमाडौँबाट यात्रु लिएर खोटाङतर्फ आइरहेको बा ३ ख ८९८१ नम्बरको यात्रुबाहक बसमा आज (शनिबार) दिउँसो साढे चार बजे एक्कासी आगलागी भएको हो । तस्वीर सौजन्य ः स्थानीय रोमन राई

खोटाङ, १५ असोज (रासस) ःहलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ ।

काठमाडौँबाट यात्रु लिएर खोटाङतर्फ आइरहेको बा३ख ८९८१ नंको यात्रुवाहक बसमा आज साँझ एक्कासी आगलागी भएको हो ।

बसमा आगलागी हुँदा कुनै मानवीय क्षति भने नभएको घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गुडिरहेको बसमा एक्कासी आगलागी हुँदा बससहित बसमा भएका सामान जलेर नष्ट भएको छ ।

बसमा आगलागी भएपछि त्यसमा सवार यात्रु अलपत्र परेका छन् । बसमा ३२ यात्रु सवार थिएm । उनीहरूलाई गन्तव्यसम्म पु¥याउन दिक्तेलबाट अर्को बस पठाउने तयारी भइरहेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले जानकारी दिनुभयो ।

गुड्दै गरेको बसको इन्जिनबाट आगो निस्केको यात्रुले बताएका छन् । आगलागी भएको बस पुरानो भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives