भद्रकाली बहुमुखी क्याम्पसको अध्यक्षमा सिग्देल

राष्ट्र न्यूज सम्वाददाता
असाेज २, २०७९
Madhab

पोखरा, २ असोज । पोखरा महानगरपालिका वडा नं १३ स्थित भद्रकाली बहुमुखी क्याम्पसको १३ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले क्याम्पस संचालक समितिको अध्यक्षमा माधवप्रसाद सिग्देललाई चयन गरेको छ ।

समितिको सदस्यहरुमा जयप्रसाद सापकोटा, शोभाकान्त सिग्देल, विष्णु कार्की, वलराम वराल, भीमप्रसाद न्यौपाने र प्रदिप कुमार लम्साल रहनुभएको छ । अध्यक्ष सिग्देलले मन, वचन र कर्मले क्याम्पसको चौतर्फीे विकासमा जुट्ने बताउनुभयो ।

भद्रकाली बहुमुखी क्याम्पस संचालक समितिका संस्थापक अध्यक्ष विश्वप्रकाश सिग्देलले अधिवेशन उद्घाटन गर्दै क्याम्पसका प्राध्यापकहरुको सिनेटरमा रुची बढेकोले सवैको अपनत्व बढ्दै गएको बताउनुभायो ।

पोखरा १३ का वडा अध्यक्ष किरण वरालले आफ्नो कार्यकाल भित्र जसरी पनि क्याम्पसलाई जग्गा खोजी भौतिक निर्माणको सुरुवात गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।

त्यस अवसरमा प्रा.तारा वराल, भद्रकाली मावि व्यवस्थापन समितिका अध्यक्ष लोकवहादुर कार्की, सिनेटरको तर्फवाट रामगोपाल ढेवाजु, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, भद्रकाली बहुमुखी क्याम्पसका प्रमुख नवराज रेग्मी, भद्रकाली माविका प्रधानाध्यापक राजेन्द्र भण्डारी, भद्रकाली बहुमुखी क्याम्पस प्राध्यापक संघका सभापति लोकचन्द्र खनाल, आमा समुहको तर्फवाट सत्यदेवी आमा समुहका अध्यक्ष जमुनादेवी श्रेष्ठलगायत बोल्नुभएको थियो ।

भद्रकाली बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष बजिरमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य शरदकान्त सिग्देलले स्वागत र सहायक प्रमुख नारायणप्रसाद सापकोटाले कार्यक्रम संचालन गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives