जुत्ता पसलमा आगलागी

रासस
भाद्र २९, २०७९
fire
चितवन, २९ भदौ (रासस)ः भरतपुर महानगरपालिका–३ मा रहेको जुत्ता पसलमा आगलागी भएको छ ।

कमलनगरस्थित ओम व्याकेन सुज हाउसमा गए राति आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गए राति विद्युत् सट भई आगलागी भएको हो ।

आगलागीबाट पसलमा रहेका जुत्ता, चप्पल पूर्णरूपमा क्षति भएको छ । आगो स्थानीय, दमकल र प्रहरीको सहयोगमा १२ बजे नियन्त्रणमा लिइएको थियो ।

क्षतिको पूर्णविवरण आउन बाँकी रहेको कार्यालयका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives