मगर विद्यार्थी संघ जनप्रियको अध्यक्षमा रसेल

राष्ट्र न्यूज सम्वाददाता
भाद्र २५, २०७९
Magar

पोखरा,२५ भदौ । नेपाल मगर विद्यार्थी संघ जनप्रिय बहुुमुखी क्याम्पसमा सम्पन्न अधिवेशनले रसेल राना मगरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा प्रकाश घर्ति मगर, सचिवमा प्रिती मगर, सह–सचिवमा इशान पुनमगर र कोषाध्यक्षमा सुनिता आले मगर चयन हुनु भएको नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशका सदस्य डेक पुन मगरले जानकारी दिनुभयो।

समितिको सदस्य‍मा बिमल थापा मगर, हिमाल राना मगर, पदम थापा मगर, सृजना राना मगर, सुजन घर्ति मगर,अन्जित आले मगर, चमन आले मगर, सरोज राना मगर, रोशन पुन मगर र रिवाज थापा मगर चयन हुनु भएको छ ।

नेपाल मगर विद्यार्थी संघले भदौं २५ गते जिल्ला अधिवेशन गर्ने भएकाले क्याम्पस अधिवेशनलाई तिव्रता दिइरहेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives