वीपी जयन्तीमा हेमजामा दिप प्रज्वलन

राष्ट्र न्यूज सम्वाददाता
भाद्र २४, २०७९
Dip

पोखरा, २४ भदौं । १०९ औं वीपी जयन्ती र ‘जनताको साथमा काँग्रेस’ अभियान अन्तर्गत शुक्रबार दिप प्रज्वलन गरिएको छ ।

नेपाली काँग्रेस कास्की प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३(क)ले पोखरा २५ हेमजास्थित पार्टी कार्यालयमा दिप प्रज्वलन कार्यक्रम गरेको हो ।

कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले प्रजातन्त्रलाई बल पुग्ने गरी काम गर्न आग्रह गर्नुभयो । उहाँले कम्यूनिष्ट सच्चा प्रजातन्त्रवादी नभएकाले भर पर्न नहुने उल्लेख गर्नुभयो ।

सभापति शर्माले जनताका आवश्यकतालाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेस महासमिति सदस्य रामचन्द्र त्रिपाठीले वीपीका मूल्य र मान्यता आज पनि समाजका लागि आवश्यक रहेको बताउनुभयो ।

नेपाली काँग्रेस कास्कीका सहसचिव एवं प्रदेश सभा ३(क) का प्रतिनिधि नवीन सिग्देलले पार्टीभित्र न्याय र योगदानमा आधारित सम्मान आवश्यक रहेको बताउनुभयो ।

माछापूच्छ«ृे गाउँपालिकाकी उपप्रमुख सीता अधिकारीले पार्टीलाई मजबुद बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेस कास्की प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३(क) का सभापति पुष्पेन्द्र पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति दिलीप गिरीले स्वागत र सचिव प्रकाशचन्द्र सापकोटाले संचालन गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives