कास्कीमा ‘जनताको साथमा काँग्रेस’ अभियान वडा केन्द्रीत

राष्ट्र न्यूज सम्वाददाता
भाद्र २१, २०७९
Machha puchhre 9

पोखरा, २१ भदौ । नेपाली काँग्रेसले शुरु गरेको प्रथम चरणको कार्यक्रम अन्र्तगत ‘जनताको साथमा काँग्रेस’ अभियानलाई कास्की काँग्रेसले वडा इकाइ केन्द्रित गरेको छ ।

कास्कीका ७२ वडा इकाइहरुमा केन्द्रित गरी एकै साथ अभियान शुरु गरिएको छ । वडा इकाइहरुमा मंगलवार छुट्टाछुट्टै कार्यक्रम गरी वडास्तरमा अभियान शुभारम्भ गरिएको हो ।

कार्यक्रमहरुमा जिल्ला, क्षेत्र, प्रदेश सभा, महानगरपालिका र गाउँ पालिकाका प्रतिनिधिहरु पुगेर अभियानको उद्देश्य वारे जानकारी दिएकोे जिल्ला सभापति किशोरदत्त बरालले बताउनुभयो ।

‘अभियान प्रभावकारी ढंगले अगाडी वढ्दैछ सभापति बरालले भन्नुभयो, यो अभियान जनताको आवश्यकता, भावना र चाहना अनुसार बनाउँनेछौ ।’

अभियान अन्तर्गत लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपील गर्ने, जनताको चाहना सुन्ने, भावना बुझ्ने, काँग्रेस नेतृत्वमा भएका राजनैतिक र आर्थिक उपलब्धि र काँग्रेसले लिएका अडान बारे प्रचार प्रसार गर्ने, गठवन्धनको आवश्यकता वारे मतदातालाई सुसूचित बनाइनेछ ।

अभियानमा भदौ २२ गते प्रत्येक वडाहरुमा मतदाता सम्वाद, भाद्र २३ गते गठवन्धनका दलहरु बीच चियापान तथा छलफल र भाद्र २४ गते, वी.पी.जयन्तीको अवसरमा कास्कीका ६ वटै प्रदेश सभामा एकैसाथ प्रजातान्त्रिक समाजवाद र यसको सान्दर्भिकता विषयक प्रवचन कार्यक्रम तय गरिएको छ ।

भाद्र २४ गते नै अभियान को पहिलो चरणको कार्यक्रम समापन हुनेछ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेद्वारी मनोनयन दर्ता पछि अभियानको दोस्रो चरण र प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयन पछि तेस्रो चरणको कार्यक्रमहरु शुरु हुनेछन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives