सकियो सराङकोटको तीज मेला

राष्ट्र न्यूज सम्वाददाता
भाद्र १६, २०७९
Mela

पोखरा, १६ भदौं । पोखरा – १८ सराङकोट आयोजित तीज मेला – २०७९ सकिएको छ ।

अन्नपूर्ण सामुदायिक विकास मञ्चले ‘लोक कला संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्वनमा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मेला आयोजना गरेको हो। ।

अन्नपूर्ण सामुदायिक मञ्चको प्राङ्गणमा भदौ १२ देखि १४ गतेसम्म चलेको मेला करिब चार हजार दर्शकले सहभागिता जनाएको बताइएको छ ।

‘मेला सम्पन्न गर्न सबैबाट साथ र सहयोग पाउँदा खुशी र उत्साहित छौं, मेला आयोजक समितिका संयोजक एवं मञ्चका अध्यक्ष महेश कुमार तिमिल्सिनाले भन्नुभयो – अर्काे वर्ष पनि मेलालाई निरन्तरता दिन्छौं ।’

मेलाको आकर्षणमा खुला तीज गित प्रतियोगिता, गृहिणी नृत्य प्रतियोगिता, ठेलो हान्ने प्रतियोगिता र घैंटो फुटाई प्रतियोगिता रहेको थियो ।

तीज गित प्रतियोगितामा सफल उद्यमी महिला समूह पोखरा – २५ प्रथम, प्रगतिशील आमा समूह पोखरा – २४ द्वितीय र कमल जैसी आमा समूह पोखरा – २५ तृृतीय भएका छन् ।  गृहिणी नृत्यतर्फ पवित्रा तिमिल्सिना त्रिपाठी पोखरा – २४ प्रथम र मैया अधिकारी पोखरा – ५ द्वितीय हुनुभएको छ ।

मेला समापनमा बोल्दै नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले मौलिक संस्कृति र परम्पराहरु देशको सम्पत्ति भएको उल्लेख गर्नुभयो ।

कार्यक्रम मञ्चका अध्यक्ष महेश कुमार तिमिल्सिनाको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives