तीजमा नाचगान गर्दा चट्याङ लागेर दुईजनाको मृत्यु,१२ महिला घाइते

रासस
भाद्र १५, २०७९
chatang

देउखुरी, १५ भदौ (रासस):दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ ।

गए राति तीजको अवसरमा नाचगान भइरहेको समयमा घोराही उपमहानगरपालिका–१२ गुरौमा चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार चट्याङ लागेर १२ महिला घाइते भएका छन् ।

उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर छ । घटनास्थल टेलिफोनको समस्या भएकाले थप जानकारी प्राप्त हुन नसकेको प्रवक्ता गौतमले बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives