साहसी आमा : जसले चितुवाको मुखबाट छोरा खोसिन्…

रासस
भाद्र ९, २०७९

तनहुँ, ८ भदौ (रासस) :तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी सख्त घाइते बनाएको छ ।

साँझ करिब ५ बजेको समयमा सोही ठाउँका हेमबहादुर रानाको खसीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएपछि बालक परियारलाई समेत चितुवाले आक्रमण गरेको थियो ।

रानाले होहल्ला गरेपछि भागेको चितुवाले पुनः गाउँमा पसेर परियारलाई आक्रमण गरेको थियो । साँझ करिब ६ बजेको समयमा घरको पिँढीमा खेलीरहेका उनलाई चितुवाले तानेर लगेको जानकारी पाएको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले बताउनुभयो ।

परियारलाई लैजान थालेपछि उनकी आमा लक्ष्मी पनि चितुवाको पछि पछि कुदेकी थिइन् । करिब ५० मिटर टाढा पुगेर छोरालाई खोसेर ल्याउन सफल भएकी स्थानीय प्रत्यक्षदर्शी वासु पन्थले जानकारी दिनुभयो । घाइते परियारको बन्दीपुर गाउँपालिका–४ डुम्रेस्थित मोती हेल्थ क्लिनिकमा प्राथमिक उपचार गरिएको थियो ।

उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । परियारको घाँटी तथा शरीरका अन्य भागमा घाउ रहेको छ ।

केही महिनाअघि मात्रै बन्दीपुर–१ का ५ वर्षीय सुप्रिम बगालेको चितुवाको आक्रमणमा परी मृत्यु भएको थियो । उक्त घटनामा एक बालिकासहित दुईजना चितुवाको आक्रमणबाट घाइते भएका थिए । –––

Related News

सम्बन्धित समाचार

  • बेपत्ता दुईको शव फेला

    रासस मंसिर १८, २०७९
    नेपालगञ्ज, १८ मङ्सिर (रासस):बाँकेको राप्ती नदीमा बगेर बेपत्ता भएका दुई जनाको शव आज फेला परेको छ । बयर खान जङ्गल…
  • हराएको बुद्धको मूर्ति ४८ वर्ष पछि भेटियो

    रासस मंसिर ९, २०७९
    धुलिखेल, ९ मङ्सिर (रासस) :काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ बाट २०३१ सालमा हराएको शाक्यमुनि बुद्धको मूर्ति राष्ट्रिय सङ्ग्रहालय छाउनीमा फेला परेको छ…
  • जित्नेमा ढुक्क छु – किशोर

    राष्ट्र न्यूज सम्वाददाता मंसिर १, २०७९
    पोखरा, १ मंसिर । कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले आफू निर्वाचन जित्नेमा ढुक्क भएको…
  • उम्मेद्बार बरालको घरदैलो तथा मतदाता भेटघाट जारी

    राष्ट्र न्यूज सम्वाददाता कार्तिक २६, २०७९
    पोखरा, २६ कात्तिक । कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले शनिवार घरदैलो तथा मतदाता भेटघाट…
  • देउसीबाट सङ्कलित रकम विपद व्यवस्थापन कोषमा

    रासस कार्तिक १३, २०७९
    खोटाङ, १३ कात्तिक (रासस) :दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको विपद व्यवस्थापन कोषको मुलधन रु साढे चार लाख नाघेको…