बँदेलका लागि थापेको पासोमा चितुवा परेपछि…

रासस
भाद्र १, २०७९
chituwa a

बैतडी, १ भदौ (रासस) :बैतडीमा बँदेलका लागि थापेको पासोमा चितुवा परेको छ ।

दशरथचन्द नगरपालिका–४ बिनासौँमा स्थानीयले जङ्गली बँदेलका लागि मकैबारीमा थापेको पासोमा चितुवा फसेको हो ।

डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार आज बिहान हेर्न जाँदा स्थानीयले चितुवा पासोमा परेको देखेका हुन् । उहाँले भन्नुभयो, “चितुवाको ढाडमा पासो परेको छ ।

उद्धारका लागि महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली बैतडी आउँदैछ ।” उद्धार टोली आज बेलुकासम्म आइपुग्ने बताइएको छ । “त्यतिबेलासम्म नेपाली सेनाको टोलीले चितुवालाई खोरमा हाल्ने प्रयास गर्नेछ”, कँडेलले भन्नुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives