कास्कीकोटमा दहीको होलीको तयारी

राष्ट्र न्यूज सम्वाददाता
भाद्र १, २०७९
kaskikot holi dahiko pic 2

पोखरा, १ भदौं । श्रीकृष्ण जन्माष्ठमीको अवसरमा पोखरा २४ कास्कीकोटमा दहीको हाली खेलीने भएको छ ।

यही भाद्र ४ गते शनिवार श्रीकृष्ण रथ यात्रा तथा दही जात्राको आयोजना गरेको गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिले जनाएको छ ।

गत वर्षहरुमा कोरोना कहरका कारण रोकिएको दही जात्रा यसपटक विभिन्न सांस्कृतिक झाँकी बाजागाजासहित जात्रा गरिने समितीका सचिव ठाकुर प्रसाद त्रिपाठीले बताउनुभयो ।

विगत ६ वर्ष देखि कार्यक्रमको आयोजना गर्दै आइएको जात्रा संयोजक ठाकुर प्रसाद त्रिपाठीले जानकारी दिनुभयो । भजन चुट्का तथा विभिन्न झाँकीसहित कार्यक्रममा सहभागी हुन सबैलाई क्षेत्र विकास समितिले आव्हान गरेको छ ।

सहभागी उत्कृष्ठ समूहहरुलाई पुरस्कारको व्यवस्था गरिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives