इँटा बोकेको ट्रक त्रिशूलीमा खस्यो

रासस
श्रावण २८, २०७९
Road sign used in Spain – Accident

Road sign used in Spain – Accident.

चितवन, २८ साउन (रासस)ःपृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट इँटा बोकेको ट्रक त्रिशूलीमा खसेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान नौ बजे ट्रक त्रिशूलीमा खसेको हो । मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको उक्त ट्रक अनियन्त्रित भई त्रिशूलीमा खसेको हो ।

ट्रक पूर्णरूपमा डुबेको अवस्थामा रहेकाले नम्बर र कति जना सवार थिए भन्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ । ट्रक बाहिर निकाल्ने प्रयास जारी रहेको छ ।

घटनाको थप जानकारी आउँन बाँकी छ ।

Related News

सम्बन्धित समाचार