कांग्रेसले पार्टीका स्थानीय जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रम गर्ने

रासस
श्रावण २४, २०७९
congress

काठमाडौँ, २४ साउन (रासस) :नेपाली कांग्रेसले स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुका लागि बधाई/शुभकामना तथा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा कार्यक्रम यही साउन ३० र ३१ गते ललितपुरमा हुने पार्टी कार्यालयले जनाएको छ ।

अभिमुखीकरण कार्यक्रममा स्थानीय तह निर्वाचन, २०७९ मा पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुख, पालिकाका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षहरुलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।

कार्यक्रमका लागि साउन २९ गते बिहान १० बजेदेखि पार्टीको केन्द्रीय कार्यालयमा सहभागीहरुको नाम दर्ता गरिने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives