करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु

रासस
श्रावण १९, २०७९
dead-body

राजविराज, १९ साउन (रासस) ःसप्तरीमा बुधबार करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ ।

कञ्चनरुप नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन् । उनीहरु ससुरा–बुहारी हुन् ।

इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार सात महिनाकी गर्भवती अन्जली आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो ।

अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो । दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको यादवले बताउनुभयो ।

यस्तै सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा ५६ वर्षीय शिवशङ्कर साहको समेत करेन्ट लागेर मृत्यु भएको छ ।

आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको हो ।

Related News

सम्बन्धित समाचार

  • विद्यार्थी बोकेको डुङ्गा दुर्घटना

    रासस भाद्र २, २०७९
    घोराही, २ भदौ (रासस) :दाङको राप्ती नदीमा विद्यार्थी बोकेको डुङ्गा दुर्घटना भएको छ । विद्यार्थी बोकेर नदी पार गर्न लागेको…
  • बँदेलका लागि थापेको पासोमा चितुवा परेपछि…

    रासस भाद्र १, २०७९
    बैतडी, १ भदौ (रासस) :बैतडीमा बँदेलका लागि थापेको पासोमा चितुवा परेको छ । दशरथचन्द नगरपालिका–४ बिनासौँमा स्थानीयले जङ्गली बँदेलका लागि…
  • इँटा बोकेको ट्रक त्रिशूलीमा खस्यो

    रासस श्रावण २८, २०७९
    चितवन, २८ साउन (रासस)ःपृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट इँटा बोकेको ट्रक त्रिशूलीमा खसेको छ । जिल्ला ट्राफिक प्रहरी…
  • आजको मौसम

    रासस श्रावण २४, २०७९
    काठमाडौँ, २४ साउन (रासस)ःदेशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम…
  • कुलोमा डुबेर बालकको मृत्यु

    रासस श्रावण २१, २०७९
    कैलाली, २१ साउन (रासस) ःकैलालीको टीकापुर नगरपालिका–१ स्थित जमरा कुलोमा डुबेर आज एक बालकको मृत्यु भएको छ । एकतानगर शिविरका…