छ रेक्टर स्केलको भूकम्प

रासस
श्रावण १५, २०७९
earthque

काठमाडौँ, १५ साउन (रासस) ःखोटाङको मार्टिनविर्ता केन्द्रविन्दु भएर आज बिहान ८ः१३ बजे छ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले खोटाङको मार्टिनविर्ता केन्द्रबिन्दु भएर आज बिहान ८ बजेर १३ मिनेटमा छ रेक्टर स्केलको भूकम्प गएको राससलाई जानकारी दिनुभयो ।

भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी प्राप्त भएको छैन ।

Related News

सम्बन्धित समाचार

Archives

Archives