पोखरा, २९ असार । पोखरामा श्रीमद् बितक चर्चा शब्द दर्शन तथा श्रीकृष्ण कथा कार्यक्रम हुने भएको छ ।
पोखरा – ८ रत्नचोकस्थित श्री कृष्ण प्रणामी मन्दिरको आयोजनामा हुने सो कार्यक्रम साउन २ देखि भदौ ३ गतेसम्म चल्नेछ । भदौ ३ गते श्रीकृष्ण जन्माष्टमी प्राकट्य महोत्सव पनि गरिने छ ।
कार्यक्रममा गुरुजी बाणी तथा बितक कथाकार युवा धर्म प्रचारक श्री श्यामदास महाराजले सङ्गीतमय कथा प्रवचन गर्नुहुने छ ।
‘धार्मिक तथा आध्यात्मिक जागरणका लागि कार्यक्रम महत्वपूर्ण रहनेछ मन्दिरका अध्यक्ष पुरुषोत्तम रेग्मीले भन्नुभयो– कार्यक्रममा सहभागी भएर पुण्यलाभ गर्न अनुरोध गर्दछौं ।’
कार्यक्रम हरेक दिन बिहान ११ देखि दिउँसो २ बजेसम्म चल्नेछ । दैनिक करिब तीन सय सुन्दरसाथजी भक्तजनको सहभागिता रहने अनुमान गरिएको छ ।
यतिबेला कार्यक्रमको तयारी तिव्र पारिएको छ । मन्दिर स्थापनाकाल २०४८ सालदेखि नै वर्षेनी कार्यक्रम गर्न गरिएको छ । यसपटक समेत गरी ३१ औ पटक कार्यक्रम गरिदैछ । कार्यक्रम सम्पन्न गर्नका लागि सात लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । ं
भक्तजनबाट प्राप्त दान, भेटीबाट कार्यक्रमको खर्च व्यवस्थापन गरिनेछ । बचत भएको रकम मन्दिरको भौतिक पूर्वाधार निर्माणका लागि खर्च गर्ने योजना छ ।
कार्यक्रमको प्रचारप्रसार गर्दै असार ३२ गते मोटरसाइकल ¥याली निकालिने छ । त्यस्तै कार्यक्रम उद्घाटन अघि साउन २ गते कलश यात्रा गरिने छ ।साउन २७ गते रक्षबन्धनको दिन विशेष कार्यक्रम पनि गरिनेछ ।
Related News
सम्बन्धित समाचार
हेमजामा मादल बजाउने तालिम
स्व. लक्ष्मीसुन्दरी कर्माचार्यको स्मृतिमा सहयोग कोष
भविष्य निर्माण माविको बस संचालनका लागि अक्षयकोषमा सहयोग जुट्दै
एन प्याव्सनको बाल प्रतिभा पहिचान महोत्सव सकियो
कम्प्युटर र नेतृत्व विकास तालिम
Archives
Archives