नेपाल हज समिति सदस्यमा पोखराकी कसिरन

राष्ट्र न्यूज सम्वाददाता
असार २१, २०७९
Kasiran

पोखरा, २१ असार । नेपाल हज समितिको सदस्यमा पोखराकी कसिरन मिया नियुक्त हुनु भएको छ ।

गृह मन्त्रालयले २०८० चैत १६ सम्म कार्यकाल रहने गरी उहाँलाई मनोनित गरेको हो ।

नेपाल हज समितिको कार्यविधि, २०७२ को दफा ३ को उपदफा २(ख) वमोजिम उहाँलाई मनोनित गरिएको बताइएको छ ।

पोखरा ३२ निवासी मिया विगत एक दशकदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्छ ।

हाल उहाँ नेपाली काँग्रेस कास्कीको जिल्ला सदस्य रहनु भएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives