धादिङ–पोखरा सम्पर्क समाजको रक्तदानमा १३३ युनिट रगत संकलन

राष्ट्र न्यूज सम्वाददाता
असार १८, २०७९
dhading -pokhara

पोखरा, १८ असार । धादिङ–पोखरा सम्पर्क समाजद्वारा पोखरामा आयोजित १९ औं रक्तदानमा १३३ युनिट रगत संकलन भएको छ ।

समाजको स्थापना दिवसका अवसरमा आयोजित रक्तदान यस अघि ४३ औं पटकसम्म रक्तदान गर्नुभएका कृष्ण धरेललाई विशिष्ट अतिथि जिल्ला ट्राफिक कार्यलय कास्कीका प्रमुख प्रकाश शाहले ब्लडब्याग हस्तान्तरण गरी शुभारम्भ गर्नुभएको थियो । रक्तदान जीवनदान भएको बताउँदै उहाँले समाजको भूमिकाको प्रशंसा गर्नुभयो ।

समाजले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कामहरू गर्दै आएको बताउँदै समाजका अध्यक्ष गोकर्ण लम्सालले २०५५ सालमा दर्ता भई कृयाशिल संस्थाले त्यसयता विभिन्न समाजिक गतिविधिलाई निरन्तरता दिदै आइरहेको जानकारी गराउनुभयो ।

समाजका महासचिव सरस्वती श्रेष्ठ(सरु)ले सञ्चालन गर्नुभएको कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष कृष्णबहादुर लम्साल, पूर्व अध्यक्षहरू नवराज दुवाडी, कृष्णकुमार श्रेष्ठ, युवराज खतिवडा लगायतले रक्तदानको महत्वका साथै समाजका गतिविधिबारे प्रकाश पार्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives