नेल्टाको आयोजनामा कावासोतीमा खुद्रा विषादी बिक्रेता तथा बिउबिजन सम्वन्धी तालिम शुरु

राष्ट्र न्यूज सम्वाददाता
असार १०, २०७९
Nawalpur 1

पोखरा, १० असार । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) नवलपुरको आयोजनामा खुद्रा विषादी बिक्रेता तथा बिउबिजन सम्वन्धी तालिम शुरु भएको छ ।

नवलपुरको कावासोतीमा आयोजित तालिम १७ गतेसम्म चल्ने छ । तालिममा देशभरका ६५ जनाको सहभागिता रहेको छ ।

कृषिजन्य उत्पादनसँग सम्वन्धित विषादी तथा बिउबिजन बिक्रेतालाई दक्ष बनाउन तालिम आयोजना गरिएको नेल्टाका महासचिव सुरेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार, नेल्टाले प्राथमिकताका साथ कृषि क्षेत्रसँग सम्वन्धित तालिमहरु संचालन गर्दै आएको छ ।

तालिमको उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु बरालले मुुलुकलाई कृषिमा आत्मनिर्भर बनाउनुपर्ने औल्याउनुभयो ।

उहाँले कृषि उत्पादन बढाउन प्राविधिक मेरुदण्ड भएको उल्लेख गर्नुभयो । नेता बरालले सबै मिलेर समृद्विको अभियान शुरु गर्नुपर्नेमा जोड दिनुभयो ।

गण्डकी प्रदेश सभा सदस्य ओमकला गौतमले हरेक व्यक्ति जिम्मेबार बन्न आवश्यक रहेको बताउनुभयो ।

प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाइले रसायनीक विषादीको प्रयोग बढेको भन्दै त्यसको विकल्प खोज्नुपर्ने समय आएको बताउनुभयो ।

नेपाली काँग्रेस कास्कीका सहसचिव नवीन सिग्देलले सीप जीवन जीउँनका लागि महत्वपूर्ण हतियार भएको उल्लेख गर्नुभयो ।

नेल्टा कृषकको साथीको रुपमा रहेर ग्रामिण क्षेत्रका कृषकहरुलाई सेवा पु¥याएको भन्दै प्रशंसा गर्नुभयो ।

कार्यक्रममा नेल्टाका महासचिव सुरेश कुमार श्रेष्ठ, काँग्रेस नेता प्रदीप शर्मा, प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका बरिष्ठ बाली संरक्षण अधिकृत माधव भट्ट, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरका प्रमुख डा. ऋषभ गुरागाई, नेल्टाका केन्द्रीय सल्लाहाकार महेन्द्र भण्डारी, उपाध्यक्ष दिलमाया श्रेष्ठलगायतले बोल्नु भएको केन्द्रीय सदस्य डिल्लीराम रेग्मीले जानकारी दिनुभयो ।

नेल्टा नवलपुरका अध्यक्ष विकास कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य बुद्वि देउजाले स्वागत र उपाध्यक्ष राधा भुषालले संचालन गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives