लहान, ८ जेठ (रासस)ःसिरहाको अर्नमा गाउँपालिकामा गएराति बाबु र छोराको हत्या भएको छ ।
घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका– १ महनौर निवासी ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उहाँका १९ वर्षीय छोरा सन्तकुमारको हत्या भएको हो ।
सन्त कुमारको यही जेठ ११ गते विवाहको कुरा छिनिएको र गाउँमा विवाह गीत गाएर करिब १२ बजे सुतेपछि दुबैको हत्या भएको स्थानीयवासीले बताएका छन् ।
उनीहरुका अनुसार राति करिब १२ बजेसम्म गीत बजिरहेको थियो, बिहानपख करिब ३ बजे हत्याको घटना गाउँभरी फैलिसकेको हुनाले करिब २ बजेको आसपासमा सो घटना भएको हुनसक्छ ।
घटनाको जानकारी पाएलगतै बिहान ४ बजे पुगेको प्रहरीले घटनास्थलमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिनुभयो ।
“घटना भएको छ, हामीले विभिन्न ढङ्गले अनुसन्धान गरिरहेका छौंँ”,प्रहरी उहाँले भन्नुभयो,“हत्या कसले र किन गरेको भन्नेबारेमा केही खुल्न सकेको छैन्, हामीले अनुसन्धान गरिरहेका छौंँ ।” प्रहरीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको पनि सहयोग लिएको जनाएको छ
Related News
सम्बन्धित समाचार
धादिङ–पोखरा सम्पर्क समाजको रक्तदानमा १३३ युनिट रगत संकलन
बिजुली बेचेर प्राधिकरणले एक महिनामा कमायो एक अर्ब ७२ करोड
छतबाट लडेर एक महिलाको मृत्यु
नेल्टाको आयोजनामा कावासोतीमा खुद्रा विषादी बिक्रेता तथा बिउबिजन सम्वन्धी तालिम शुरु
पृथ्वीराजमार्ग अवरुद्ध