काठमाडौँ, ८ जेठ (रासस) :प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उहाँहरुबीच नेपाल–अमेरिका सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री देउवाले अमेरिकी प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्नुभएको छ । तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजकसमेत रहनुभएका उहाँ तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार यहाँ आइपुग्नुभएको हो ।
Related News
सम्बन्धित समाचार
पोखराका केहीस्थानमा टेलिफोन सेवा अवरुद्व हुने
नेशनल क्रियशनमा शैक्षिक पुरस्कार वितरण
पोखरा १४ का केही स्थानमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्व
रोजगारी उपलब्ध गराउन पोखरा १३ मा जब फेयर
डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन गण्डकी प्रदेश संयोजकमा पाण्डे
Archives
Archives