असी प्रतिशत तहको गणना सम्पन्न

रासस
जेठ ५, २०७९
BimalbahadurBista_Doti_RSS_01_matpatramilaudai

डोटीको जोरायल गाउँपालिकामा मतगणनाका लागि मतपत्र मिलाउँदै कर्मचारी । तस्वीर ः विमलबहादुर विष्ट÷रासस

काठमाडौँ, ५ जेठ (रासस) ःस्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ८० प्रतिशत तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुुसार आज दिउँसो ३ः३० बजेसम्म ५७० स्थानीय तहको निर्वाचन परिणाम निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भइसकेको छ ।

हालसम्म प्रमुखमा १७४, उपप्रमुखमा १७४, अध्यक्षमा ३९६, उपाध्यक्षमा ३९६, वडाध्यक्षमा पाँच हजार ६५९, महिला सदस्य पाँच हजार ६५३, दलित महिला सदस्य पाँच हजार ५५६ र वडा सदस्यमा ११ हजार २९५ गरी कूल २९ हजार ३०३ जना उम्मेदवार निर्वाचित भएका छन् । आयोगले अबको पाँच दिनभित्र बाँकी पालिकाको गणना सकिने विश्वास लिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives