रोल्पा, ५ वैशाख (रासस) :रोल्पा कारागारमा गए राति एक पुरुष कैदी झुन्डिएको अवस्थामा भेटिएका छन् ।
सुर्खेतको बराहताल गाँउपालिका–१ घोडाआँखेका २७ वर्षीय विजयविक्रम शाह कारगारको शौचालयमा आफ्नै गलबन्दीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयाका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिनुभयो ।
शौचालयको ढोका बन्द रहेको जानकारी पाएपछि प्रहरीले ढोका फोरेको थियो । जिल्ला कारागारमा हाल महिला कैदी ११ र पुरुष कैदी ९६ रहेको बताइएको छ ।
Related News
सम्बन्धित समाचार
रारा तालमा पुग्यो बिजुली
बाढी र डुबानका कारण विद्यालय बन्द
पोखरामा महानगर प्रमुख र प्रशासकीय अधिकृतको भेला
मेलम्ची क्षेत्रमा यातायात आवागमन कठिन बन्दै
प्रतिनिधिसभा निर्वाचनमा कैदीबन्दीलाई पनि सहभागी गराउन आदेश