शैल्यशिखर दुर्घटनामा तीनको मृत्यु

रासस
जेठ २, २०७९
Accident

दार्चुला, २ जेठ (रासस) :शैल्यशिखर नगरपालिका–६ ग्वानीमा हायस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

गोकुलेश्वरबाट पनेबाँजतर्फ आउँदै गरेको म१ज २७७ नम्बरको उक्त हायस ग्वानीस्थित वडा कार्यालय नजिकै रोलाखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा चालक २३ बर्षिय प्रकाशसिंह धामी तथा २२ बर्षिय नविनसिंह धामी र १९ बर्षिय हरिसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार मृतक ग्वानीका स्थानीय हुन् ।

Related News

सम्बन्धित समाचार