राँगोले हानेर गम्भीर घाइते उनको बेँसीशहर स्थित जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदिश रेग्मीका अनुसार राँगाले शनिबार खुमबहादुरकी १९ वर्षीया छोरी रविनालाई समेत घाइते बनाएको थियो । उनीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । थप घटना हुन नदिनका लागि प्रहरीले राँगा गोली हानेर मारेको छ ।
सो राँगोले केही दिनअघिबाटै दिमाग ठीक नभएको सङ्केत गरे पनि आफैँले पालेको राँगोले केही नगर्ला भनेर राँगो समात्न जाँदा सो घटना हुन पुगेको स्थानीयवासीको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
बलात्कार घटनामा हदम्याद बढाउन नेविसङ्घको माग
प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेट
असी प्रतिशत तहको गणना सम्पन्न
गणतन्त्र दिवस तीन दिनसम्म मनाइने
कैदी झुन्डिएको अवस्थामा भेटिए