म्याग्दी, १५ वैशाख (रासस) :म्याग्दीको मालिका गाउँपालिका–६ बाङ्गेपहिरोमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
दरवाङदेखि बाबियाचौरतर्फ जाँदै गरेको ग९प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका–५ गरजराका २३ वर्षीय भविन्द्र किसानको मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो । किसानको घटनास्थलमै मृत्यु भएको हो ।
मोटरसाइकलको पछाडि सवार मङ्गला गाउँपालिका–२ का २५ वर्षीय सन्तोष किसानलाई सामान्य चोट लागेको छ । बिहान ३ बजे मोटरसाइकल सडकबाट करिब १०० मिटर तल खसेको थियो । उक्त सडकखण्डमा हाल सडक स्तरोन्नतिको काम भइरहेको छ ।
Related News
सम्बन्धित समाचार
पोखराका केहीस्थानमा टेलिफोन सेवा अवरुद्व हुने
नेशनल क्रियशनमा शैक्षिक पुरस्कार वितरण
पोखरा १४ का केही स्थानमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्व
रोजगारी उपलब्ध गराउन पोखरा १३ मा जब फेयर
डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन गण्डकी प्रदेश संयोजकमा पाण्डे
Archives
Archives