अक्सिजन प्लान्ट विष्फोट, दुईको मृत्यु

रासस
वैशाख ८, २०७९
1517213734dead-770×410

काठमाडौँ, ८ वैशाख (रासस) ःललितपुरस्थित औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विष्फोटमा परी घाइते भएका मध्ये थप एक मजदुरको मृत्यु भएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार भारत घर भइ सोही प्लान्टमा काम गर्ने वर्ष २५ का राजकुमार महतोको बिएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । योसँगै उक्त विष्फोटमा परी दुई जनाको मृत्यु भएको छ ।

यसअघि विष्फोटमा परेर भारतकै ४५ वर्षीय वृजमोहन महत्तोको घटनास्थलमै मृत्यु भएको थियो । अन्य घाइते भएका पाँच जना पाटन अस्पतालमा उपचार पछि घर फर्किएका उहाँले जानकारी दिनुभयो । घटना बिहान १० ः ०५ बजे भएको हो ।

अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको जनाइएको छ । गृहमन्त्री बालकृष्ण खाँणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घटनाको छानबिन गर्न निर्देशन दिनुभएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives