मनोेसामाजिक सु–स्वास्थ्य तथा आत्महत्या रोकथाम अभिमुखिकरण तालिम

राष्ट्र न्यूज सम्वाददाता
वैशाख ८, २०७९
Nirajan

वैशाख ८, हेमजा । पोखरा २५ स्थित हेमजा स्वास्थ्य चौकीको आयोजना तथा स्वास्थ्थ महाशाखाको समन्वय र कोशिश संस्थाको सहयोगमा एक दिने मनोेसामाजिक सु–स्वास्थ्य तथा आत्महत्या रोकथाम सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

कार्यक्रममा विभिन्न क्षेत्रका ४० जनाको सहभागिता रहेको थियो ।

आत्महत्याको जोखिम न्यूनीकरणका उपायहरु,आत्महत्या सम्बन्धी भ्रम र तथ्यहरु, मानसिक स्वास्थ्य समस्याका कारण तथा असरहरु साथै आत्महत्या रोकथामका पाँच चरणहरु लगायतका विषयमा कोशिश संस्थाका अभियान मनोविमर्शकर्ता अधिकृत बसन्ती खत्रीले सहजीकरण गर्नुभएको यियो ।

कार्यक्रममा स्वास्थ्य चौकी हेमजाका प्रमुख कुश्मराज सुवेदीको संयोजकत्वमा ९ सदस्यीय वडास्तरीय आत्महत्या रोकथाम सहयोग समिति गठन गरिएको छ ।

सदस्यमा दीपक राज पौडेल, निराजन अधिकारी,आरती अधिकारी, झलक राना , प्रेम बहादुुर यापा, यूवा क्लब एवं राजनितिकर्मीको तर्फ बाट कृष्णमान श्रेष्ठ र लक्ष्मी गौतम रहनुभएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives